भारतमा अबको १२५ दिन क्रिटिकल हुने, नेपालले भन्यो : हामी थप सतर्क हुनुपर्छ – Nepal Press

भारतमा अबको १२५ दिन क्रिटिकल हुने, नेपालले भन्यो : हामी थप सतर्क हुनुपर्छ

काठमाडौं । भारतको स्वास्थ्य मन्त्रालयले कोभिड-१९ संक्रमणको हिसाबमा अबको १०० देखि १२४ दिन निकै कष्टकर हुने बताएको छ । शुक्रबार आयोजित प्रेस ब्रिफिङमा भारतीय नीति आयोगका सदस्य डा. वीके पौलले यस्तो बताएका हुन् ।

स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा डा. पौलले यस्तो बताएका हुन् । आगामी जुलाईसम्म ५० करोड डोज खोप लगाइसक्ने योजना रहेको पनि उनले जनाए । यसका लागि ६६ करोड डोज कोभिसिल्ड र कोभ्याक्सिन खोप खरिद गरिएको पनि उनले जनाए ।

अगस्ट अन्त्यसम्म भारतमा तेस्रो वेभ सुरु हुनसक्ने पौलको आंकलन छ । भारतको संक्रमण दरमा उल्लेख्य गिरावट आउन नसकेको बताउँदै उनले यसबीचमा रोकथामका प्रयत्न नभए तेस्रो लहर सुरु हुने उनको भनाई छ ।

‘भाइरस अहिलेपनि हामी वरपर छ । केही जिल्ला र राज्यमा पनि अहिले स्थिती जोखिमपूर्ण छ । हामी यो समयमा निकै सचेत हुनुपर्छ किनभने पुनः संक्रमण बढ्न सक्छ । यो हाम्रा लागि खतराको घण्टी पनि हो’ पौलले भने, ‘परिस्थिती अहिले नियन्त्रणमा छ तर, भविष्यमा बाहिर जान सक्छ । परिस्थितीलाई कता लैजाने छ भन्ने हाम्रो हातमा छ ।’

नेपाल थप सतर्क हुनुपर्छ

भारतीय स्वास्थ्य मन्त्रालयको यस्तो अभिव्यक्ति आउने वित्तिकै नेपालको समकक्षी मन्त्रालयले पनि थप सतर्क हुनुपर्ने बताएको छ । प्रवक्ता कृष्णप्रसाद पौडेलले भारतमा वेभ सुरु भएको तीन चार सातामै नेपालमा आउन सक्ने भएकाले सतर्क हुनुपर्ने जरुरी भएको बताए ।

भारतमा अगस्ट अन्त्यमा तेस्रो लहर सुरु हुनसक्ने मन्त्रालयको आंकलन छ ।

‘नेपालमा अहिले पनि जोखिम टरिसकेको छैन । भारतको भनाई आएपछि हामी थप सतर्क हुनुपर्ने देखिएको छ’ प्रवक्ता पौडेलले भने, ‘अहिले पनि हामीले सर्तसहित निषेधाज्ञा खुुकुलो बनाएका हौं । जोखिम अहिले पनि छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *