ओलीको सचिवालयले मुख्यसचिवलाई दिएको थियो पासवर्ड, ट्वीट अर्काइभ गर्दा त्रुटी भएको आशंका – Nepal Press

ओलीको सचिवालयले मुख्यसचिवलाई दिएको थियो पासवर्ड, ट्वीट अर्काइभ गर्दा त्रुटी भएको आशंका

काठमाडौं । प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्याण्डको भेरिफिकेसन उड्नुमा प्राविधिक त्रुटी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । अघिल्ला प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको सचिवालयले पासवर्ड नदिएर भेरिफिकेसन उडेको चर्चा चलेका बेला प्रधानमन्त्री कार्यालयले अघिल्ला टवीट अर्काइभ गर्ने क्रममा त्रुटी भएको जनाएको छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चारविज्ञ रामशरण बजगाईले शेरवहादुर देउवाले प्रधानमन्त्रीको सपथग्रहण गरे लगत्तै आधिकारिक फेसबुक र ट्वीटरको पासवर्ड मुख्यसचिव शंकरदास बैरागीलाई दिइएको बताए ।

उनले भने- हामीले अरु व्यक्ति खोजेर दिने कुरा भएन । सरकारको स्थायी प्रतिनिधि मुख्यसचिव हुन्,मुख्यसचिवलाई पासवर्ड दिएर हिडेका हौं । प्रधानमन्त्री कार्यालयका उपसचिव मनिष भट्टराईले ट्वीट अर्काइभ गर्ने काम भइरहेको बताए ।

उनले अघिल्ला प्रधानमन्त्रीले गरेका ट्वीटहरुलाई अर्काइभ गर्ने र नयाँ प्रधानमन्त्रीका लागि अकाउन्ट मिलाउन अकाउन्टको नाम अर्काइभ गरेको बताए । भेरिफिकेसन उडेको बारेमा भने आधिकारिक रुपमा कसैले बोलेका छैनन् । फलोअर्स भने यथावत रहेका छन् । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *