कोरोनाका कारण नेपालले एसियन भलिबल च्याम्पियनसीप गुमायो – Nepal Press

कोरोनाका कारण नेपालले एसियन भलिबल च्याम्पियनसीप गुमायो

काठमाडौं । आगामी भदौ १३ देखि २० गतेसम्म फिलिपिन्समा हुने महिला एसियन भलिबल च्याम्पियनसीपमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले भाग लिन नपाउने भएको छ ।

एसियन भलिबल कन्फेडेरेसन (एभीसी)ले शुक्रबार सार्वजानिक गरेको खेल तालिकामा नेपाललाई समावेश गरिएको छैन ।

कोरोनाभाइरसका कारण रेड जोनमा परेकाले नेपालले प्रतियोगिता गुमाएको हो । नेपाल लगायत भारत, जापान र हङकङ पनि तालिकामा समेटिएका छैनन् ।

सुरुवातमा १७ टोली सहभागी हुने भनिएको च्याम्पियनसीपमा ५ टोलीले नाम फिर्ता लिएसँगै १२ टोलीले सहभागिता जनाउने पक्का भएको थियो । शुक्रबार एभीसीले सार्वजानिक गरेको तालिका अनुसार त्यसमा पनि ४ टोली घटाएर ८ वटामा सिमित गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर