कमेडी च्याम्पियनका प्रतिस्पर्धी विक्की अग्रवाललाई जिताउन सिक्किमका मुख्यमन्त्रीले गरे ५ लाख भारु सहयोग – Nepal Press

कमेडी च्याम्पियनका प्रतिस्पर्धी विक्की अग्रवाललाई जिताउन सिक्किमका मुख्यमन्त्रीले गरे ५ लाख भारु सहयोग

काठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘द कमेडी च्याम्पियन’मा प्रतिस्पर्धा गरिरहेका विक्की अग्रवाललाई जिताउन सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले)ले पाँच लाख भारु सहयोग गरेका छन् । कमेडी च्याम्पियनमा उत्कृष्ट छाप छोडिरहेका विक्की सिक्किमका युवा हुन् ।

जनताको भोटबाट सर्वोत्कृष्ट छनोट हुने भएकाले प्रतिस्पर्धीहरुका लागि आर्थिक संकलन महत्वपूर्ण हुन्छ । सिक्किममा विक्कीलाई भोट गर्न अभियान नै चलाइएको छ । यसै सिलसिलामा गोलेले विक्कीका अभिभावकलाई भेटेर पाँच लाख दिएका हुन् ।

मुख्यमन्त्री गोले तथा सिक्किम चलचित्र विकास बोर्डले अग्रवाललाई प्रतियोगितामा सफलताका लागि शुभकामना दिएका छन् । विक्की कमेडी च्याम्पियनको टप ७ मा पुगिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर