प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्दै – Nepal Press

प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्दै

काठमाडौ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने भएका छन्। आज बिहान ९ बजेर ५७ मिनेटकाे साइतमा देउवा बालुवाटार सर्न लागेका हुन् ।

मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवा निजी निवास बुढानिलकण्ठमा बस्दै आएका थिए। देउवाको सचिवालयले दिएको जानकारीअनुसार उनी शुक्रबार बिहान सरकारी निवास सर्न लागेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *