शान्ता चौधरीले सुरु गरिन् फिटनेस र पार्लर व्यवसाय – Nepal Press

शान्ता चौधरीले सुरु गरिन् फिटनेस र पार्लर व्यवसाय

काठमाडौं । नेकपा एमालेकी सांसद शान्ता चौधरीले शरीरको तौल घटाउने तथा पार्लरसम्वन्धी व्यवसायी सुरु गरेकी छन् । काठमाडौंमा जिविकोपार्जन कठिन भएपछि यो व्यवसायमा हात हालेको उनको भनाइ छ ।

एक बहिनीसँग मिलेर काठमाडौंको कोटेश्वरमा ‘स्मार्ट जोन फिटनेस सेन्टर’ नाममा उनले व्यवसाय थालेकी हुन् । फेसबुकमार्फत चौधरीले आफ्नो व्यवसायको बारेमा जानकारी दिएकी छन् ।

उनी लेख्छिन् ‘यसलाई अन्यथा नमानिदिनु होला, राजनीतिलाइ निरन्तरता दिन बिहान बेलुका छाक टार्ने कुनै आम्दानि हुनु नै पर्ने रहेछ। पारिबारिक सम्पत्ति तथा आम्दानि नहुने म जस्ताका लागि दैनिक खर्च धान्ने कुरा कठिन थियो नै, तर राजनीतिक संलग्नता बढेसंगै यो कठिनाई अझ बढेर गएको थियो । यसै सिलसिलामा केहि उपाए खोज्ने क्रममा बहिनि मञ्जु गिरिसंग मिलेर काठमाडौंको कोटेश्वरमा ‘स्मार्ट जोन फिटनेस सेन्टर’ भनेर शरीरको तौल घटाउने तथा पार्लर सम्बन्धि काम गर्ने सानो ब्यबसाय सुरु गरेको छु।’

उनी थप्छिन्, ‘विभिन्न रोग तथा आफ्नै शारीरिक कारणले एक समय म आफै अत्यन्त मोटो थिएँ र यस्तै एउटा सेन्टरमा गएर तौल घटाएर आफुलाइ शारीरिक सन्तुलनमा राख्न छोटो समयमै सफल भएपछि थप हौसला मिल्यो र यो सेन्टर खोल्ने अबस्थामा पुगियो । निकै नै प्रभाबकारी हुने रहेछ। मेरा दुई फोटोबाटै तुलना गर्न सकिन्छ।

शान्ताको फिटनेस सेन्टर कोटेश्वरचोकबाट दक्षिणपट्टिको सानो सडकमा छ । शान्ता चौधरी तीनै नेतृ हुन्, जसले सांसद भइसकेपछि विद्यालय भर्ना भएर पढ्न थालेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *