सत्तापक्षका सांसद बिरामी परेपछि लुम्बिनी सरकारलाई बजेट पारित गर्न सकस – Nepal Press

सत्तापक्षका सांसद बिरामी परेपछि लुम्बिनी सरकारलाई बजेट पारित गर्न सकस

रुपन्देही । लुम्बिनी प्रदेश सरकारलाई बजेट पास गर्न सत्तापक्षका सांसद बिरामी परेर अस्पताल गएपछि समस्या परेको छ । विपक्षीले सरकार अल्पमतमा आरोप लगाइरहँदा सत्तापक्षकै सांसद अनुपस्थित भएपछि लुम्बिनी प्रदेश सरकार अप्ठ्यारोमा परेको हो ।

सरकारले गत असार १ गते प्रस्तुत बजेटमथि छलफल भई पारित गर्ने अन्तिम तयारी भइरहँदा सूर्य चिह्न लिएर निर्वाचित स्वतन्त्र सांसद अजय शाही बैठकमा उपस्थिति हुनसकेका छैनन् ।

पारिवारिक श्रोतका अनुसार शाही अस्वस्थ भई काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराई रहेका छन् । बैठकमा सहभागी हुने भन्दै काठमाडौंबाट मंगलबार बुटवल आइपुगेका नवलपरासी पश्चिमबाट निर्वाचित सांसद अजय शाही अस्वस्थ भएको भन्दै पुनः बुधवार काठमाडौं फर्किएका छन् ।

लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको बजेटका संम्बन्धमा उठेका प्रश्नहरुमा सम्वन्धित मन्त्रीहरूले जवाफ दिएपछि मुख्यमन्त्रीले जवाफ दिइरहेका छन् । बजेट पास हुने वा नहुने आजै टुंगोमा लैजाने तयारी सभामुख पूर्णबहादुर घर्तीको छ ।

प्रदेशसभामा उपस्थित बहुमत सदस्यहरुको ध्वनी मतका आधारमा पारित गर्नुपर्ने कानुनी व्यवस्था भएकोले शाहीको अनुपस्थितले बराबर मतको अवस्थामा रहेको प्रदेश सरकार अप्ठेरो परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर