भोलिदेखि काठमाडौंका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने – Nepal Press

भोलिदेखि काठमाडौंका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने भएका छन् ।

बिहीबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन सीडीओहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । होम डेलिभरी र टेक अवे सेवा पनि बेलुका ७ बजेसम्म गर्न पाइने भएको छ ।

यसअघि ६ बजेसम्म पसल खुल्न दिने गरिएकोमा एक घण्टा थप गर्ने निर्णय भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर