नेपाल र अमेरिकाबीचको मित्रता थप सुदृढ गरिने छ : प्रधानमन्त्री देउवा – Nepal Press

नेपाल र अमेरिकाबीचको मित्रता थप सुदृढ गरिने छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गरिने बताएका छन् ।

आफ्नो निजी निवास बूढानीलकण्ठमा नेपालका लागि अमेरिकाका राजदूत ¥यान्डी बेरीसँगको भेटमा प्रधानमन्त्री देउवाले सो कुरा बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मंगलबार पद तथा गोपनीयताको शपथ लिएका प्रधानमन्त्री देउवालाई राजदूत बेरीले सोही दिन सामाजिक सञ्जालमार्फत बधाई दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर