चीनको जीडीपी ७.९ प्रतिशतले वृद्धि, महामारी अघिकै अवस्थामा फर्किएको संकेत – Nepal Press

चीनको जीडीपी ७.९ प्रतिशतले वृद्धि, महामारी अघिकै अवस्थामा फर्किएको संकेत

बेइजिङ । कोभिड-१९ महामारी नियन्त्रण लिएसँगै चीनको कूल गार्हस्थ उत्पादनमा वृद्धि भएको छ । ग्लोबल टाइम्सका अनुसार सन् २०२१ को दोस्रो चौथाइमा जीडीपीमा ७.९ प्रतिशतले वृद्धि भएको हो ।

भाइरस महामारीलाई नियन्त्रणमा लिएपछि घरेलु खपतमा भएको वृद्धि र उत्पादनको गतिविधिमा बढेपछि जीडीपीको आकार बढेको हो । यो वृद्धिलाई चीनको अर्थतन्त्र महामारी अगाडिकै तहमा फर्किएको र अर्थतन्त्रमा सुधार भएको रुपमा हेरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थमा भएको मूल्यवृद्धि र आपूर्तिमा भएको गिरावटले भएपछि दोस्रो क्वार्टरमा चीनको अर्थतन्त्रमा थप दबाब पर्ने अनुमान छ । यो वर्षको सुरुआती ६ महीनामा चीनको जीडीपी १२.७ प्रतिशतले वृद्धि भएको थियो ।

सन् १९९३ देखि तथ्यांक संकलन कार्य सुरु भएपछि चीनको अर्थतन्त्रको आकार १८.३ प्रतिशतले वृद्धि भएको यो पहिलोपटक हो । ‘निकै स्वस्थवद्र्धक ढंगले चीनको अर्थतन्त्रमा वृद्धि भएको छ । सरकारले पनि महामारीले थलिएको अर्थतन्त्रलाई उकास्न सम्पूर्ण स्रोत साधन खर्च गरेको छ’ चिनियाँ सिनोस्टिल इकोनोमिक रिसर्च इन्स्टिच्युटका सोधार्थी हु क्यूमीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर