नाफाको हिस्सा विपन्नलाई सहयोग गर्ने उद्देश्यसहित निहान्त स्टोर्स सञ्चालनमा – Nepal Press

नाफाको हिस्सा विपन्नलाई सहयोग गर्ने उद्देश्यसहित निहान्त स्टोर्स सञ्चालनमा

काठमाडौं । निहान्त स्टोर्स प्रालिले अनलाइनमार्फत सामानहरु डेलिभरीको सेवा सञ्चालनमा ल्याएको छ । गरिव र विपन्न व्यक्ति तथा सामाजिक दायित्व बहन गर्ने संघ÷संस्थालाई नाफाको करिब २० प्रतिशत सहयोग गर्ने उद्देश्यले स्टोर सञ्चालनमा ल्याइएको प्रालिले जनाएको छ ।
अनलाइन पोटलबाट सामान खरिद गर्दा भारी छुटको व्यवस्था गरेको छ । स्पोर्ट नयाँ सोच र नविनतम प्रयोगलाई सेवा र उत्पादनमा जोड्ने छ । सो मार्केटले अनलाइन पोटल विकास गरी होम डेलिभरी गर्ने छ ।
निहान्त स्पोर्ट प्रालिका विजनेस सपोटर डाइरेक्ट्रर प्रविन सिंखडाले अनलाइनबाट सामान खरिद गर्दा ५ देखि १० प्रतिशत छुटको व्यवस्था रहेको जनकारी दिए ।

निहान्त स्टोर्सका सह संस्थापक प्रमिला पोखरेलले बेलायतमा बसेर नेपालको आर्थिक गतिविधिलाई टेवा पुर्यान सकिने पर्यटन व्यवसाय सञ्चालन गरिहेकी छिन् । बेलायत बसेर पनि नेपालमा निहान्त सुपर मार्केट चेन हुने गरि निहान्त स्टोर्स काठमाडौंको धुम्बाराही पिपलबोट नजिकै फागुन देखि सञ्चालनमा आएको हो ।
उनले भने, ‘गरिव र विपन्न व्यक्ति तथा सामाजिक दायित्व बहन गर्ने संघ÷संस्थालाई नाफाको करिब २० प्रतिशत हाम्रो स्पोर्सले सहयोग गर्ने छ ।

अहिले अनलाइन पोटल काठमाडौं, भक्तपुर र ललितपुरमा सुरु भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर