सीसीएमसी र स्वास्थ्य मन्त्रालयका पदाधिकारीसँग देउवाको छलफल : फाइजर खोप ल्याउनेबारे ब्रिफिङ – Nepal Press

सीसीएमसी र स्वास्थ्य मन्त्रालयका पदाधिकारीसँग देउवाको छलफल : फाइजर खोप ल्याउनेबारे ब्रिफिङ

१२ देखि १८ वर्षसम्मका बालबालिकालाई लगाउने मन्त्रालयको योजना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट फाइजर खोप ल्याउन सकिने अवस्थाबारे आज स्वास्थ्य मन्त्रालय र सीसीएमसी पदाधिकारीसँग छलफल गरेका छन् ।

निजी निवास बुढानिलकण्ठमा भेट्न पुगेका कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समितिका अध्यक्ष बालानन्द शर्मा र स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालसँग देउवाले ब्रिफिङ मागेका थिए ।

फाइजर खोप ल्याउन भैरहेको प्रगति, गर्नुपर्ने काम र उक्त खोप ल्याउँदा नेपालमा भण्डारणको अवस्थाबारे देउवाले सोधपुछ गरेका थिए । माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने फाइजर खोपको कोल्ड चेन नेपालमा छैन ।

प्रधानमन्त्रीसँगको भेटमा स्वास्थ्य मन्त्रालयका पदाधिकारीले १२ देखि १८ वर्ष उमेरका बालबालिकालाई लगाउन आवश्यक भएकाले ल्याउन पहल भैरहेको बताएका थिए । साथै, २ करोड ५० लाख जनसंख्यालाई कोरोना खोप आवश्यक परेको जानकारी मन्त्रालयले गराएको थियो ।

साथै, प्रधानमन्त्री देउवाले महामारी नियन्त्रणका लागि भैरहेका अन्य प्रयासबारे पनि पदाधिकारीबाट ब्रिफिङ लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *