रजनी र निर्मलको सिरियल ‘डन्ट माइन्ड’ आजदेखि प्रसारण सुचारु हुँदै – Nepal Press

रजनी र निर्मलको सिरियल ‘डन्ट माइन्ड’ आजदेखि प्रसारण सुचारु हुँदै

काठमाडौं । निषेधाज्ञापछि मनोरञ्जन क्षेत्र पुनः लयमा फर्कने तयारीमा छ । फिल्म क्षेत्र ठप्प रहेपनि म्युजिक भिडिओ र टेलिफिल्महरु धमाधम निर्माण तथा प्रदर्शन भैरहेका छन् । यस्तोमा, रजनी केसीको मुख्य भूमिका रहेको टेलिसिरियल डन्ट माइन्ड आजदेखि टेलिभिजनमा फर्कने तयारीमा छ ।

सामाजिक संजालमार्फत उनले बुधबारदेखि आफू अभिनित सिरियल डन्ट माइन्ड सुचारु हुन लागेको जनाएकी छिन् । उनी लेख्छिन्, ‘‘डन्ट माइन्ड’ निषेधाज्ञाले रोकिएको श्रृंखला ‘डन्ट माइन्ड’ आज बुधबारदेखि फेरि सुरु हुन लागेको छ ।’

अभिनेता समेत रहेका निर्मल शर्मा ‘गैँडा’ र कमल मैनालीले मिलेर निर्देशन गरेको सिरियल बुधबार साँझ ८ बजे हिमालयन टेलिभिजनबाट प्रसारण हुनेछ । यो सिरियलमा रविन शर्मा, कमल मैनाली, सुनिता श्रेष्ठ, स्मारिका खनाल लगायतको मुख्य अभिनय छ । श्रृंखला म्युजिक नेपालको प्रस्तुतिमा सिरियल निर्माण भएको हो ।

‘सक्किगो नी’, ‘जुठे’लगायतका सिरियल चाहिँ गतसातादेखि सुरु भएका छन् भने केही सुरु हुने क्रममा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर