कोटेश्वरमा देउवा-नेपाल भेटवार्ता जारी – Nepal Press

कोटेश्वरमा देउवा-नेपाल भेटवार्ता जारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भेट्न उनकै निवास कोटेश्वर पुगेका छन् ।

देउवा सिंहदरबारबाट नेता नेपाल भेट्न कोटेश्वर पुगेका हुन् । दुईजनाबीच भेटघाट जारी छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का भने अघि नै त्यहाँ पुगेका थिए ।

संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री बन्न एमालेको माधव पक्षका २३ जना सांसदहरूले देउवालाई समर्थन दिएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालसँग संवादको औचित्य नरहेको बताएलगत्तै देउवा नेपाल निवास पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर