बुधबार २९ सय कोभिड बिरामी थपिए, १८ जनाको मृत्यु – Nepal Press

बुधबार २९ सय कोभिड बिरामी थपिए, १८ जनाको मृत्यु

काठमाडौं उपत्यकामा ४२४ संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २९०५ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २४ जनामा परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

बुधबार थप १८ जनाको मृत्यु भएको छ । आजको संक्रमण दर २२.३० प्रतिशत रहेको छ ।

काठमाडौं उपत्यकामा ४२४ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा २९४, भक्तपुरमा ६९ र ललितपुरमा ६२ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १६०६ जना संक्रमणमुक्त भएका छन् ।

गण्डकी प्रदेशमा सबैभन्दा बढी ४४.७ प्रतिशत र कर्णाली प्रदेशमा ४० प्रतिशत सक्रिय संक्रमित पुष्टि भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर