बालकोट निवास पुग्दा यसरी भयो ओलीको स्वागत (तस्बिरहरू) – Nepal Press
बालकोट निवास पुग्दा यसरी भयो ओलीको स्वागत (तस्बिरहरू)
नेपाल प्रेस २०७८ असार ३० गते १४:२७
२०७८ असार ३० गते १४:२७

काठमाडौं । सरकारीनिवास बालुवाटार छाडेर भक्तपुर बालकोटस्थित आफ्नै निवासमा फर्किएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानीयसँगै नेकपा एमालेका नेता कार्यकर्ताले भव्य स्वागत गरेका छन् ।

स्वागतमा सहभागी सयौं नेता कार्यकर्ताले निवर्तमान प्रधानमन्त्री ओलीको पक्षमा नारासमेत लगाएका छन् । निवासभित्र पसेपछि बार्दलीमा निस्किएर ओलीले हात हल्लाउँदै कार्यकतालाई अभिवादन गरेका छन् । ओलीको स्वागतमा स्थानीयबासी तथा कार्यकर्ताको बाक्लो भीड लागेको थियो ।

प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका हुन् ।

सर्वोच्च अदालतको आदेशबमोजिम देउवा मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले बुधबार बालुवाटार छाडेका हुन् ।

ओली बालुवाटारबाट निस्कँदै गर्दा नेकपा एमालेनिकट युवा विद्यार्थी स्कटिङका लागि बालुवाटार पुगेका थिए ।