भारतमा जिका भाइरस संक्रमण पुष्टि भएपछि नेपालमा सतर्कता – Nepal Press

भारतमा जिका भाइरस संक्रमण पुष्टि भएपछि नेपालमा सतर्कता

भारतको केरलामा आपतकाल घोषणा

काठमाडौं । लामखुट्टेबाट सर्ने जिका भाइरस संक्रमणको पुष्टि भएपछि गत शुक्रबार भारतको केरला राज्यमा आपतकाल लागू भयो । जहाँ जिका भाइरसका १४ वटा केस पुष्टि भए ।

भारतमा यो संक्रामक भाइरस पुष्टि भएपछि खुला सीमा भएको नेपालमा पनि यसलाई लिएर उच्च सतर्कता अपनाइएको छ । कोभिड-१९ संक्रमण कायमै रहँदा जिकाको संक्रमणले थप चिन्ता तुल्याएको छ ।

डेंगी सार्ने लामखुट्टेका दुई प्रजाति एडेस एगिप्टी र एडेस अल्बोपिक्टस नेपालका ७७ जिल्लामै पुगिसकेको सरकारको भनाई छ । लामखुट्टेका यी दुई प्रजातिबाट जिका भाइरस फैलन सक्ने आशंका स्वास्थ्य मन्त्रालयको छ ।

महामारी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का पूर्वनिर्देशक डा. वासुुदेव पाण्डे जिका संक्रमण गर्ने लामखुट्टे मुलुकका सबै भूभागमा पुगेको बताउँछन् । ‘मुख्य कुरा भाइरस संक्रमित मान्छे र भाइरस फैलाउने लामखुट्टेलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने हो’ उनले भने ।

चिकित्सकका अनुसार जिका भाइरस संक्रमणको कारण बेलै नपुगी बच्चा जन्मिने र मस्तिष्कमा गम्भिर असर पुग्न सक्ने हुन्छ । मांशपेशीमा कमजोरी हुने र कहिलेकाहिँ पक्षघात हुनेजस्ता सम्भावना पनि जिका भाइरसको कारण हुनेगर्छ ।

खुला सीमा र ठूलो संख्यामा मानिसहरु नेपाल र भारत आउजाउ गर्दा भाइरस फैलन सक्ने पूर्वनिर्देशक पाण्डे बताउँछन् । सन् २०१८ मा विश्व स्वास्थ्य संगठनसँग मिलेर स्वास्थ्य मन्त्रालयले गरेको एक अध्ययनमा नेपाल जिका र डेंगीजस्ता रोगको उच्च जोखिममा रहेको जनाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर