पूजा र आकाशबीच प्याचअप : रजतपटसँग आफू नमिलेको भन्दै आकाशले सम्झाएपछि सम्बन्ध सुध्रियो ! – Nepal Press

पूजा र आकाशबीच प्याचअप : रजतपटसँग आफू नमिलेको भन्दै आकाशले सम्झाएपछि सम्बन्ध सुध्रियो !

काठमाडौं । एक टेलिभिजनमा अन्तर्वार्ता दिन पुगेपछि अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माबीच सम्बन्ध बिग्रिएको अड्कलबाजी चल्यो । पूजाले पनि आकाशले आफूलाई धोका दिएको बताइन् ।

यी दुईजना बीच केही समय सम्बन्ध चिसिएको गसिप पनि चल्यो । अब भने यी दुईबीच सम्बन्ध सुधार भएको देखिएको छ । अभिनेता श्रेष्ठले पूजासँग सम्बन्ध नबिग्रिएको बताएका छन् ।

दुई साताअघि पूजासँग हार्दिक सम्बन्ध नभएका रजतपट कार्यक्रम संचालक प्रकाश सुवेदीको कार्यक्रममा आकाश पुगेपछि पूजाले पत्रकार ऋषि धमलासँग आफूलाई आकाशले धोका दिएको बताएकी थिइन् ।

तर, आफू प्रकाश सुवेदीसँग नमिलेको भनेर आकाशले पूजालाई सम्झाएपछि सम्बन्धमा सुधार भएको स्रोतले बताएको छ । उनीहरु चाँडै संगीतकार अर्जुन पोखरेलको एक म्युजिक भिडियोमा पनि काम गर्ने तयारीमा छन् ।

हालैको एक अन्तर्वार्तामा आकाशले सम्बन्ध नबिग्रिएको दाबी गरे । उनी भन्छन्, ‘हामी हरेक दिन बोलिरहेकै हुन्छौं । मिडियामा कसरी बोलचाल बन्द भयो भनियो मलाई थाहा छैन । केही दिनअघि हामी भेटेको तस्विर पनि बाहिर आएको थियो । एकसाथ काम पनि गरिरहेका छौं । बाहिरको हल्लाले गर्दा हाम्रो व्यक्तिगत सम्बन्ध कहिल्यै बिग्रदैंन र बिग्रनु पनि हुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर