काभ्रेको साँगा र सुनसरीको बराह क्षेत्रमा अत्याधुनिक फिल्म स्टुडियो निर्माण हुने – Nepal Press

काभ्रेको साँगा र सुनसरीको बराह क्षेत्रमा अत्याधुनिक फिल्म स्टुडियो निर्माण हुने

साँगा स्टुडियोको लागत २० करोड

काठमाडौं । सरकारले काभ्रेको साँगा र सुनसरीको बराह क्षेत्रमा अत्याधुनिक फिल्म स्टुडियो निर्माण गर्ने भएको छ । साँगामा निर्माण हुने स्टुडियोको डीपीआर तयार भएको र बराह क्षेत्रको डीपीआर साउनदेखि सुरु हुने चलचित्र विकास बोर्डले जनाएको छ ।

बोर्ड अध्यक्ष दयाराम दाहालका अनुसार २० करोडको लागतमा साँगामा स्टुडियो निर्माण हुनेछ र अहिले जग्गा प्राप्तीका लागि तयारी भैरहेको छ । ‘डीपीआर पुरा भयो र जग्गा प्राप्ती हुने वित्तिकै साँगामा स्टुडियो बन्छ’ दाहालले नेपाल प्रेसलाई भने ।

यस्तै, प्रदेश १ सरकार र स्थानीयबासिन्दाको समन्वयमा बोर्डले सुनसरीको बराह क्षेत्रमा पनि स्टुडियो निर्माण गर्ने भएको छ । साउनदेखि यसको लागि डीपीआर तयार हुने र काम अघि बढ्ने अध्यक्ष दाहालले बताए ।

भारत सीमावर्ती भएकाले पनि बराह क्षेत्रमा मैथिली, भोजपुरी र किराँत जातिय र क्षेत्रीय फिल्मको सुटिङ गर्ने उद्देश्यले बराह क्षेत्रलाई स्टुडियोको रुपमा विकास गर्न लागिएको दाहालले जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर