सम्मानजनक सहभागिता निश्चित गर्न पौडेल पक्षको बैठक बोलाइयो – Nepal Press

सम्मानजनक सहभागिता निश्चित गर्न पौडेल पक्षको बैठक बोलाइयो

काठमाडौं । सरकारमा सहभागिताको विषयमा छलफल गर्न नेपाली कांग्रेसको संस्थापनइत्तर समूहका नेताहरुको बैठक आज दिउँसो बस्दैछ ।

पूर्व महामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बस्ने बैठकमा मन्त्रिपरिषदमा पार्टीको सहभागिताबारे छलफल हुने बताइएको छ ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालासहित डा. रामशरण महत, सुजाता कोइराला, डा. शेखर कोइराला, अर्जुननरसिंह केसीलगायतलाई बोलाइएको छ ।

सभापति देउवाले सरकारको नेतृत्व गर्दा आफ्नो समूहबाट उपप्रधानमन्त्रीसहित सम्मानजनक सहभागिता हुनुपर्ने पौडेल पक्षका नेताहरुको तर्क छ ।

‘नयाँ सरकार गठन, मन्त्रालय बाँडफाँड र सम्मानजनक सहभागिताबारे छलफल गर्न बैठक बोलाइएको हो’, पौडेल पक्षका एक नेताले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर