धनगढीमा एमाले कार्यकर्ताले जलाए प्रधानन्यायाधीशको पुत्ला – Nepal Press

धनगढीमा एमाले कार्यकर्ताले जलाए प्रधानन्यायाधीशको पुत्ला

कैलाली । सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा धनगढीमा एमाले निकट अनेरास्ववियु र युवा संघले राके जुलुस प्रदर्शन गरेको छ ।

प्रतिनिधि सभा विघटनलाई बदर गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्ने अदालतले राष्ट्रपतिको नाममा परमादेश जारी गरेपछि धनगढीमा बिरोध प्रदर्शन गरिएको हो ।

उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पुत्लासमेत जलाएका छन् । मुख्यमन्त्री कार्यालय अघि उनिहरुले नाराबाजी समेत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर