सोमबार २३ सय कोभिड बिरामी थपिए, १८ जनाको मृत्यु – Nepal Press

सोमबार २३ सय कोभिड बिरामी थपिए, १८ जनाको मृत्यु

आजको संक्रमण दर २०.४५ प्रतिशत पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २३७० जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५८४ (७६८९ पीसीआर र ३८९५ एन्टीजेन) नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सोमबारको संक्रमण दर २०.४५ प्रतिशत छ ।

थप १८ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११३३ जना डिस्चार्ज भएका छन् ।

काठमाडौं जिल्लामा ५४१८ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा ९५३ र ललितपुरमा १३१९ जना सक्रिय संक्रमित छन् ।

उपत्यकाका तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, मोरङ, सुनसरी र झापामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । २६ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर