सर्वोच्चलाई धन्यवाद, देउवालाई बधाई : रामचन्द्र पौडेल – Nepal Press

सर्वोच्चलाई धन्यवाद, देउवालाई बधाई : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र संसदलाई दुर्घटनामा पर्नबाट बचाएको भन्दै सर्वोच्च अदालतलाई धन्यवाद ज्ञापन गरेका छन् । सामाजिक सञ्जालमार्फत वरिष्ठ नेता पौडेलले संविधान रक्षा गर्ने अभियान सफल भएको दावी समेत गरेका छन् ।

संसद पुनःस्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिने सर्वोच्चको आदेशको स्वागत गर्दै नेता पौडेले देउवालाई बधाई समेत दिएका छन् । ‘संविधान रक्षा गर्ने हाम्रो अभियान सफल भयो । संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको छ । यसका निम्ति सर्वोच्चका न्यायमुर्तिलाई धन्यवाद र मेरा मित्र पार्टी सभापति शेरबहादुर देउवालाई हार्दिक बधाई ’, उनले लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर