सर्वोच्चको फैसला आउनुअघि एमाले विवाद टुंगिने, गोकर्ण विष्ट भन्छन् : भोलि सुखद समाचार दिन्छौं – Nepal Press

सर्वोच्चको फैसला आउनुअघि एमाले विवाद टुंगिने, गोकर्ण विष्ट भन्छन् : भोलि सुखद समाचार दिन्छौं

काठमाडौं । नेकपा एमाले मिलेको घोषणा आइतवार हुने भएको छ । शनिवार कार्यदलको छलफलपछि पत्रकारसँग कुरा गर्दै वार्ता टोली सदस्य गोकर्ण विष्टले पार्टीभित्रको समग्र समस्या समाधान खोजिएको र आइतवार सुखद समाचार आउने बताए ।

उनले भने : हामीले समग्रतामै समस्या समाधान खोजेका छौं । आम पार्टी पंक्तिले अपेक्षा गरेको र एमालेलाई माया गर्ने जनताले चाहेको सुखद समाचार भोलि नै दिन्छौं । हामी धेरै हदसम्म सफल भएका छौं ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको सन्दर्भमा सोमवार फैसला दिने भनिएको छ । त्यसअघिनै एमाले एकताबद्ध भएको घोषणा हुने उनले बताए । वार्ताअघि माधव नेपाल पक्षधर वार्ता टोली सदस्यहरु उनलाई भेट्न कोटेश्वर पुगेका थिए ।

वार्ता टोली पुग्नुअघि नेपाललाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड पुगेका थिए । विष्टले भने माधव नेपाल अश्वस्थ भएकाले प्रचण्ड भेट्न गएको भन्दै त्यसलाई अन्यथा लिन नहुने बताए ।


प्रतिक्रिया

One thought on “सर्वोच्चको फैसला आउनुअघि एमाले विवाद टुंगिने, गोकर्ण विष्ट भन्छन् : भोलि सुखद समाचार दिन्छौं

  1. अपत्यारिलाे, शेरबहादुर र प्रचण्डलाई दिएकाे बचनबाट माधवकुमार पछि हट्लान जस्ताे लाग्दैन । एमाले सिध्याउने खेलमा लागिसके जस्ताे छ माकुने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर