हाइटीको अन्तरिम राष्ट्रपतिमा जोसेफ लाम्बार्ट, नयाँ सरकार गठनको तयारी – Nepal Press

हाइटीको अन्तरिम राष्ट्रपतिमा जोसेफ लाम्बार्ट, नयाँ सरकार गठनको तयारी

पोर्ट औ प्रिन्स । हाइटीको अन्तरिम राष्ट्रपतिमा जोसेफ लाम्बार्ट चयन भएका छन् । लाम्बार्टलाई राष्ट्रपति नियुक्ती गर्नुपर्ने प्रस्ताव त्यहाँको सिनेटबाट पारित गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

गत बुधबार जोभेनल मोइजलाई उनकै निवासमा गोली हानेर हत्या गरिएपछि राष्ट्रपति पद रिक्त थियो । राष्ट्रपति नियुक्त गर्नुपर्ने संकल्प प्रस्ताव सिनेटमा लगिएपछि प्रतिपक्षी दल र अन्य संगठनले समेत समर्थन गरेका थिए ।

हाइटको संसदमा अहिले एक तिहाइ सदस्य मात्रै छन् । प्रस्ताव पारित भएपछि लाम्बार्टले सपथ ग्रहणको तयारी थालेका छन् । कार्यभार सम्हालेपछि उनले नयाँ सरकार गठनको तयारी सुरु गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर