महिला मन्त्रालयको गाडी काण्डः लिफ्ट मागेकी अपरिचित महिलासँग सहमतिमै समागम ! – Nepal Press

महिला मन्त्रालयको गाडी काण्डः लिफ्ट मागेकी अपरिचित महिलासँग सहमतिमै समागम !

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्रै अश्लिल हर्कत गरिरहँदा पक्राउ परेका तीनजना थप दुई दिन हिरासतमै रहने भएका छन् । उनीहरूलाई आइतबार सीडीओ कार्यालयमा पेस गरिने प्रहरी स्रोतले जानकारी दिएको छ ।

गत बुधबार राति मन्त्रालयको प्रदेश ३-०१-००२ झ ५०५२ नम्बरको गाडीबाट एक महिला र दुई पुरुष पक्राउ परेका थिए । सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जंगलमा गाडीभित्रै यौन क्रियाकलाप गरिरहँदा गस्तीमा आएको प्रहरीले उनीहरूलाई निर्वस्त्र अवस्थामा रंगेहात समातेको थियो ।

स्रोतका अनुसार पक्राउ परेका दुई पुरुष र महिला अपरिचित हुन् । मन्त्रालयको गाडी लिएर भक्तपुरतर्फ गइरहेका दुई पुरुषले सल्लाघारीमा गाडी कुरेर बसेकी अपरिचित महिलालाई लिफ्ट दिएका थिए । महिला चढेपछि गाडीभित्रै उनीहरूबीच सहमति भएर घ्याम्पेडाँडाको जंगलतिर लागेको स्रोतको भनाइ छ ।

उनीहरुबीचको त्रिपक्षीय शारीरिक सम्बन्ध जबरजस्तीमा नभइ सहमतिमा नै भएको देखिएको घटनाका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक (इन्सपेक्टर) विष्णुहरि फुयाँलले जानकारी दिए ।

फुयाँलले भने, ‘अहिले अनुसन्धान भइरहेको छ । महिलाले तीनैजनाको सहमतिमै घ्याम्पेडाँडा गएको बयान दिएकी छिन् । तर उनले केही बयान फेरिरहेकी छन् । हामी अहिले अनुसन्धानमै छौं ।’

पक्राउ परेका दुई पुरुषमध्ये एक मन्त्रालयकै कर्मचारी (ड्राइभर) हुन् । अर्का पुरुष भने सरकारी कर्मचारी होइनन् ।

यो पनि पढ्नुस् :

महिला मन्त्रालयको गाडीभित्र यौन क्रियाकलापमा संलग्न ३ जना पक्राउ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर