हाइटीका राष्ट्रपतिको हत्यामा विदेशी बन्दुकधारीको संलग्नता : प्रहरी – Nepal Press

हाइटीका राष्ट्रपतिको हत्यामा विदेशी बन्दुकधारीको संलग्नता : प्रहरी

अन्तरिम प्रधानमन्त्रलाई चुनाबसम्म रहन राष्ट्रसंघको आग्रह

हाइटी । अवकासप्राप्त कोलम्बियाली सैनिकहरुको एक समूहले हाइटीका राष्ट्रपति जोभेनल मोइजेको हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ । २६ कोलम्बियाली र हैटी मूलका दुईजना अमेरिकी हत्यामा संलग्न रहेको प्रहरी प्रमुख लियोन चाल्र्सले जनाएका छन् ।

हत्यामा संलग्न भएको आशंका गरिएका थप ८ जना फरार छन् भने दुई अमेरिकीसहितका १७ जना पक्राउ परेका छन् । केही आरोपितको मृत्यु भने राजधानी पोर्ट औ प्रिन्समा भएको गोली हानहानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार बन्दुकधारीको समूह राष्ट्रपतिको निजी निवासमा प्रवेश गरेर गोली हानेका थिए । गोली लागेर त्यहाँकी प्रथम महिला घाइतेछिन् । उनको अमेरिकामा उपचार भैरहेको छ ।

हत्या गर्नुको उद्देश्यबारे पुष्टि नभएको प्रहरीले जनाएको छ । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले ५३ वर्षे राष्ट्रपतिले देशभित्रैको निरंकुशताको विरोध गरेकाले हत्या भएको हुनसक्ने बताए ।

बिहीबार प्रहरीले केही आरोपितलाई हतियार, कोलम्बियाली पोसपोर्ट र अन्य प्रमाणसहित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको थियो । ‘विदेशीहरु हाम्रा राष्ट्रपतिलाई मार्न यहाँ आए’ प्रहरी प्रमुख चाल्र्सले भने ।

घटनाबारे छानविन भैरहेको उनले जनाए । संयुक्त राष्ट्रसंघले चुनावबाट अर्को प्रधानमन्त्री निर्वाचित नभएसम्म जोसेफ नै कामचलाउ प्रधानमन्त्री हुनुपर्ने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर