सीवाईसी लघुवित्तको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त – Nepal Press

सीवाईसी लघुवित्तको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त

काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यस संस्थाले आफ्नो कुल पुँजीको ३० प्रतिशत अर्थात ३ लाख ९५ हजार ३३५ कित्ता साधारण सेयर निष्कासन गर्दैछ ।

लघुवित्त वित्तीय संस्था र क्यापिटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रबन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्मा र क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गरेका छन् ।

बाग्लुङको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेको सीवाईसीले म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्थासँग एक्विजिशन (प्राप्ति) गरेको छ ।

एक्विजिशन (प्राप्ति) पश्चात् वित्तीय संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १२ करोड १६ लाख ४१ हजार ८ सय ३७ रुपैयाँ रहेको संस्थाले जनाएको छ ।

यस लघुवित्तले ३७ वटा शाखा कार्यालयहरु मार्फत काम गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर