चीनबाट पहिलो खेपमा आयो ८ लाख डोज भेरोसेल – Nepal Press

चीनबाट पहिलो खेपमा आयो ८ लाख डोज भेरोसेल

काठमाडौं । नेपाल सरकारले चीनसँग खरिद गरेको कोरोविरुद्धको खोपको पहिलो खेप काठमाडौंमा अवतरण भएको छ । आज बिहान साढे ६ बजे नेपाल वायूसेवा निगमको विमानले ८ लाख डोज बोकेर त्रिभुवन विमानस्थलमा अवतरण भएको हो ।

नन डिस्क्लोलर एग्रिमेन्ट अन्तरगत नेपालले चीनसँग ४० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको छ । यसको मुल्य खुलाइएको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलका अनुसार आज ल्याइएको खोपको तौल १३ हजार किलो छ ।

अब प्रत्येक साता चरणबद्ध रुपमा नेपालमा चीनबाट खोप ओसारिने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले बताएको छ । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोनाको खोप निरन्तर आउने बताएका थिए ।


प्रतिक्रिया

One thought on “चीनबाट पहिलो खेपमा आयो ८ लाख डोज भेरोसेल

  1. वैदेशिक रोजगारी मा जाने नेपाली श्रमिक ले कहिले खोप पाउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर