रेस्टुरेन्ट र पार्टी प्यालेस पूर्ण रुपमा खुलाउन फास्टफुड एसोसियसन नेपालको माग – Nepal Press

रेस्टुरेन्ट र पार्टी प्यालेस पूर्ण रुपमा खुलाउन फास्टफुड एसोसियसन नेपालको माग

काठमाडौं । फास्टफुड एसोसियसन नेपालले काठमाडौं उपत्यकामा फास्टफुड रेस्टुरेन्ट, पार्टी प्यालेस स्वास्थ्य मापदण्ड पालना गरि पुर्णरुपमा खुलाउन उपत्यकामा सिडिओहरुलाई आग्रह गरेका छन् ।

उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुलाई फास्टफुड रेस्टुरेन्ट पार्टी प्यालेस स्वास्थ्य मापदण्ड पालना गरि पुर्णरुपमा बिहान ९ देखि बेलुका ९ सम्म खुल्न सेवा दिई टेबल सर्भिसको वातावरण बनाउन आग्रह गरेका हुन् ।

एसोसियसनले आज तीनवटै सिडिओहरुलाई ज्ञापन पत्र बुझाउँदै व्यवसाय सञ्चालनको लागि विभेद गर्ने निर्णय स्वीकार्न तयार नभएको बताएको छ ।

एसोसियसनले व्यवसायी श्रमिक मजदुरको समस्या घरभाडा तिर्न पर्ने बैंक ब्याज सहकारी ब्याज महँगो ऋणमा लगानीको जोखिमबारे पनि जानकारी गराए ।

उनीहरुले राज्यबाट सहजीकरण नभए साचो ताल्चा बुझाउदै सम्पुर्ण व्यवसायी मजदुरको जिम्मेवारी लिन या खुल्ला गर्न अनुरोध गरेका छन् । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाएपनि रेस्टुरेन्ट व्यवसायहरु भने खुकुलो बनाएको छैन । रेन्टुरेन्टहरुमा डेलिभरी सेवामात्रै खुलाएको छ ।भने पार्टी प्यालेस खुलाउन अनुमति दिएकाे छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *