कालीगण्डकी डाइभर्सन मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश – Nepal Press

कालीगण्डकी डाइभर्सन मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

विपक्षीलाई साउन ४ मा बोलाइयो

काठमाडौं । सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सनसम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

अधिवक्ता तुलसीराम पोखरेललगायतले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले संघीय र लुम्बिनी प्रदेश सरकारलाई साउन ४ गते छलफलका लागि बोलाएको हो ।

आदेशमा डाइभर्सनसम्बन्धी निर्णय र स्थलगत प्रकृतिको योजनाको कागजातसहित छलफलका लागि उपस्थित हुन भनिएको छ ।

कालीगण्डकी नदी डाइभर्सन गरी लुम्बिनी प्रदेशमा लैजाने सरकारको निर्णयको विरोध भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर