मलेसिया र साउदीमा ७७ नेपाली कामदारको शव अलपत्र – Nepal Press

मलेसिया र साउदीमा ७७ नेपाली कामदारको शव अलपत्र

काठमाडौं । वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया र साउदी अरवमा मृत्यु भएका ७७ जना नेपाली कामदारको शव अलपत्र परेको छ । बुधबार बैदेशिक रोजगार पत्रकार समाजले गरेको वैविनार छलफल कार्यक्रममा ती देशका श्रम सहचारीले हवाई उडानका कारण दुइ मुलकबाबाट नेपाली कामदारको नेपाल पठाउन समस्या भएको बताएका हुन्।

अहिले मलेसियामा ५२ जनाको शव अलपत्र अवस्थामा रहेको मलेशिलामा रहेका श्रम सहचारी दिपक ढकालले बताए । यस्तै साउदी अरवमा पनि २५ जना नेपालीको शव अलपत्र अवस्थामा रहेको साउदी अरवमा रहेका श्रम सहचारी जिवन राईले बताए । दुवै देशका श्रम सहचारीका अनुसार नेपालबाट न्यारोबडीको जहाज जाने र ती जहाजमा एक पटकमा एक देखि दुइ वटा सम्म मात्र शव नेपालमा पठाउने गरिएका कारण ठुलो संख्यामा शव बाँकी रहेको हो ।

यता संयुक्त अरब इमिरेट्स (यूएई) मा भने वाइडबढी नै उडान हुने भएका कारण शव बाँकी नरहेको युएईका लागि श्रम सहचारी निर्मला थापाले बताईन । उनका अनुसार यूएईमा कोरोनाका कारण मृत्यु भएका एक जना नेपालीको मात्रै शव रहेको छ ।

मलेसियाका लागि श्रम सहचारी ढकालले भने, ‘अहिले ५२ वटा शव रहेका छन् । हवाई समस्याका कारण शवको क्यू लागिरहेको छ । अहिले सातामा ३ वटा उडान हुने र न्यारोबढी जहाज भएकाले एक पटकमा १ वटा मात्रै शव नेपालमा पठाउन सकिएको छ । वाइडबढीले उडाँन भर्ने हो भने एक पटकमा १६ देखि १७ जनाको शव ल्याउँदा करिब ४ उडानमा सबै शव नेपालमा फर्काउन सकिन्छ ।’ ढकालका अनुसार मलेसियामा १ वर्षमा १ सय ५० जना भन्दा बढीको मृत्यु भएको छ ।

साउदी अरबका श्रम सहचारी राईले भने, ‘अहिले साउदीमा २५ जना कामदारको शव रहेको छ । वाइडबढी जहाज आएमा २ फ्लाइटमा सबै शव पठाउन सकिन्छ तर न्यारोबढीका जहाज मात्रै जाने भएका कारण एक फ्लाइटमा बढीमा एक देखि २ जना मात्रै पठाउन सकिएकाले सबै शव पठाउन सकिएको छैन ।’ बुधबार वैदेशिक रोजगार पत्रकार समाजले प्रमुख श्रम गन्तव्य मुलुकले नेपाली कामदार लिन गरेका नयाँ व्यवस्थाको विषयमा वेविनार छलफल गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर