विश्वभर तीन अर्ब २५ करोड डोज खोप लगाइयो, चीनमा १ अर्ब ३१ करोडले लगाए – Nepal Press

विश्वभर तीन अर्ब २५ करोड डोज खोप लगाइयो, चीनमा १ अर्ब ३१ करोडले लगाए

विश्वभर तीन अर्ब २५ करोड ८४ लाख ५९४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् : चीनमा एक अर्व ३१ करोड ८४ लाख १७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

भारतमा ३६ करोड १३ लाख २३ हजार ५४८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३३ करोड २ लाख १४ हजार ७३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा दश करोड १३ लाख ९४ हजार ६५० डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।

बेलायतमा सात करोड ९९ लाख ७० हजार २ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी सात करोड ७८ लाख ८२ हजार ४१४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा पाँच करोड ७२ लाख ६९ हजार १५८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली पाँच करोड ६१ लाख ५६ हजार १०८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

टर्कीमा पाँच करोड ४६ लाख ५६ हजार १५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जापान पाँच करोड ८ लाख ७० हजार ९६३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर