भीम रावल माधव नेपाललाई भेटेर फर्किएपछि एमाले कार्यदलमा एकताबारे छलफल – Nepal Press

भीम रावल माधव नेपाललाई भेटेर फर्किएपछि एमाले कार्यदलमा एकताबारे छलफल

काठमाडौं । नेकपा एमालेको एकताका लागि क्रियाशील बनेको कार्यदल बैठक बस्नुअघि भीम रावल माधव नेपालसँग परामर्श गर्न कोटेश्वर पुगेका छन् ।

नेपाल पक्षका संयोजक रावलले अहिलेसम्मका सहमतिका विषयमा नेपाललाई जानकारी गराएको बताइएको छ । नेपाल समूहभित्रै असन्तुष्टी बढिरहेकाले रावल छलफलका लागि कोटेश्वर गएका हुन् ।

रावल फर्किएसँगै अर्थमन्त्रालयमा दुवै पक्षको कार्यदलबीच छलफल शुरू भएको छ ।

मंगलबार वार्ता टोलीको छलफल चलिरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड माधव नेपाललाई भेट्न गएका थिए । त्यसपछिको विकासक्रमलाई समेत बुझेर रावल माधव नेपाल भेट्न गएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर