बाघको आक्रमणबाट वृद्धको मृत्यु  – Nepal Press

बाघको आक्रमणबाट वृद्धको मृत्यु 

रुपन्देही । जंगलमा दाउरा बटुल्न गएका एक वृद्धको बर्दियामा बाघको आक्रमणबाट मृत्यु भएको छ । मधुवन नगरपालिका–३ भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु भएको उनको शव सम्झना सामुदायिक वनमा सोमबार दिउसो भेटिएको प्रहरीले जनाएको छ ।

नेपाल–भारत सीमाको अन्तर्राष्ट्रिय जैविक मार्गको सीमा स्तम्भ नम्बर ८३÷८४ को दसगजानजिक खत्रीलाई बाघले आक्रमण गरेको भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन थापा मगरले बताए । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासीले खोजतलास गर्दा खत्रीको शव सोमबार फेला परेको हो ।

स्थानीय प्रशासनले यस क्षेत्रमा घाँस, दाउरा, चरिचरण, सागपात टिप्न नजान आग्रह गर्दै आएको छ । गत साउनयता बर्दियामा बाघको आक्रमणबाट १२ जनाको ज्यान गएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर