एमाले केन्द्रीय कमिटी बैठक जारी, महासचिव ईश्वर पोखरेलद्वारा संगठनात्मक प्रस्ताव पेश – Nepal Press

एमाले केन्द्रीय कमिटी बैठक जारी, महासचिव ईश्वर पोखरेलद्वारा संगठनात्मक प्रस्ताव पेश

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ । बैठकको दोस्रो दिन शनिबार बैठकमा महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव पेश गरेका छन् ।

माधव नेपाल पक्षसँग एकताको अन्तिम प्रयास भइरहेका बेला केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको विषयमा समेत छलफल हुने भएको छ । मंसिरमा निर्धारित एमालेको दशौं महाधिवेशन भदौ अन्तिम वा असोजमा सार्ने बारेमा समेत अनौपचारिक छलफल भएको छ ।

आजको बैठक विशेषगरी संगठनात्मक विषयमै केन्द्रित रहने कार्यालय सचिव शेरबहादुर तामाङले बताए । राजनीतिक विषयमा शुक्रबारनै छलफल र निर्णय भइसकेको छ ।

संगठनात्मक प्रस्तावमा पार्टीको विधान, महाधिवेशनदेखि, राष्ट्रिय प्रतिनिधि परिषद् गठन र सदस्यता नवीकरण लगायतका विषय समेटिएका छन् ।

माधव नेपाल पक्षसँगको वार्ता पनि जारी रहेकाले सकेसम्म यही बैठकबाट पार्टी एकताको टुंगो लगाउने प्रयास भइरहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर