एमाले मिलाउन दोस्रो तहका नेता निर्णायक वार्तामा, माधव नेपाल मनाउन घनश्याम भुसाल कोटेश्वर पुगे – Nepal Press

एमाले मिलाउन दोस्रो तहका नेता निर्णायक वार्तामा, माधव नेपाल मनाउन घनश्याम भुसाल कोटेश्वर पुगे

काठमाडौं । नेकपा एमालेको एकताका लागि निरन्तर वार्तामा रहेका दोस्रो तहका नेताहरु आज निर्णायक छलफलमा जुटेका छन् । सहमतिका लागि तयार पारिएको मस्यौदामा अध्यक्ष केपी शर्मा ओली सहमत भए पनि वरिष्ठ नेता माधव नेपाल सहमत भइसकेका छैनन् ।

वरिष्ठ नेता नेपाललाई मनाउन पार्टी उपमहासचिव भुसाल नेपालनिवास कोटेश्वर पुगेका छन् । भुसाल फर्किएपछि वार्ता थप अघि बढ्ने बताइएको छ ।

सानेपास्थित होटल समिटमा जारी वार्तामा अध्यक्ष ओली पक्षबाट उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र शंकार पोखरेल सहभागी छन् भने नेपाल पक्षबाट नेताहरु सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्ट सहभागी छन् ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर