आमिर खान र पत्नी किरणद्वारा वैवाहिक सम्बन्ध अन्त्यको घोषणा – Nepal Press

आमिर खान र पत्नी किरणद्वारा वैवाहिक सम्बन्ध अन्त्यको घोषणा

‘डिभोर्स अन्त्य हैन बरु नयाँ जीवनको सुरुआत हो’

मुम्बई । बलिउड अभिनेता आमिर खान र पत्नी किरण रावले आफूहरुको वैवाहिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका छन् । शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले १५ वर्षको सम्बन्धलाई आधिकारिकरुपमा टुंग्याएको जनाएका छन् ।

बलिउडमा निकै उदाहरणीय मानिएको यो जोडीले जीवनको नयाँ अध्यायको सुरुआत भएको समेत बताएका छन् । ‘सम्बन्ध विच्छेद जीवनको अन्त्य होइन, बरु जीवनको नयाँ यात्राको शुभारम्भ हो’ आमिर र किरणले विज्ञप्तिमा भनेका छन् ।

छोरा आजादलाई मिलेर हुर्काउने र अभिभावकत्व लिने समेत उनीहरुले जनाएका छन् । आमिर र किरण दुबैले आफ्ना प्रशंसकलाई यो कठिन घडीमा साथ दिन समेत भनेका छन् । आफूहरु भविष्यमा पति र पत्नी नभएर को–प्यारेन्ट र व्यवसायिकरुपमा अघि बढ्ने पनि उनीहरुले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर