फिल्म निर्देशक एवं अभिनेता बिशारद बस्नेतको कोभिड संक्रमणले निधन – Nepal Press

फिल्म निर्देशक एवं अभिनेता बिशारद बस्नेतको कोभिड संक्रमणले निधन

चार महीनाअघि कोभिडले नै गुमाएका थिए बुबा र हजुरआमा

काठमाडौं । फिल्म निर्देशक एवं अभिनेता विशारद बस्नेतको कोभिड-१९ संक्रमणले निधन भएको छ । शुक्रबार बेलुका ६ बजे उनको निधन भएको पारिवारले जनाएको छ ।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको जनाइएको छ । बस्नेतले चार महीनाअघि मात्र बुबा र हजुरआमा पनि कोभिडकै कारण गुमाएका थिए ।

भारतबाट फिल्म करियर सुरु गरेका विशारद पछिल्लो समय नेपाली फिल्ममा निर्देशन, अभिनय र अध्यापनमा व्यस्त थिए । मिस्टर भर्जिन उनले निर्देशन गरेका थिए । फिल्म यता न उतामा उनको सह निर्देशन थियो ।

फिल्म २ रुपैयाँमा समेत उनले अभिनय गरेका थिए । उनको निधनको खबरपछि फिल्मकर्मीले स्तब्ध भएको जनाएका छन् । कोरोना महामारी साम्य भएपछि मिस्टर भर्जिनको सिक्वेल बनाउने उनको तयारी थियो । शुक्रबार नै पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर