सानेपामा कांग्रेस बैठक जारी – Nepal Press

सानेपामा कांग्रेस बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक शुरू भएको छ । दिउँसो २ बजे बोलाइएको बैठक तीन घण्टापछि शुरू भएको हो ।

क्रियाशील सदस्यता छानवीन सम्बन्धमा बनाउने मापदण्ड विवादका कारण बैठक निर्धारित समयभन्दा ढिला भएको हो । महाधिवेशन कार्यतालिका अनुसार समितिले केन्द्रीय समितिलाई असार २० भित्र क्रियाशील सदस्यताको सूची बुझाउनुपर्ने हुन्छ ।

बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्ना पक्षका नेताहरूसँग छुट्टाछुट्टै छलफलमा थिए ।

क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधान, मापदण्ड निर्धारण, समायोजन लगायतका विषय बैठकमा छलफल हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर