राष्ट्रियसभामा पेस भएका अध्यादेश अस्वीकार गर्न कांग्रेसद्वारा सूचना पेस – Nepal Press

राष्ट्रियसभामा पेस भएका अध्यादेश अस्वीकार गर्न कांग्रेसद्वारा सूचना पेस

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभामा पेस गरिएका विभिन्न अध्यादेशहरू अस्वीकारका लागि सूचना पेस गरेको छ । राष्ट्रियसभाको हिजोको बैठकमा नेपाल सरकारले जारी गरेका विभिन्न अध्यादेशहरू पेश भएको थियो । ती अध्यादेश नेपालको संविधानको मर्म र भावना तथा संसदीय परम्पराविपरीत रहेकोले अस्वीकारको सूचना पेस गरेको कांग्रेसले जनाएको छ ।

कांग्रेसले राष्ट्रियसभामा ल्याइएका अध्यादेशहरू प्रतिनिधिसभा छलेर ल्याएको, सर्वोच्च अदालतले कामकारवाही रोकेका विषय समावेश रहेको तथा कतिपय विचाराधीन विधेयक नै अध्यादेशका रूपमा जारी गरेकोले स्वीकारयोग्य नभएको स्पष्ट पारेको छ । कांग्रेसको राष्ट्रिय सभा संसदीय दलले विभिन्न नौ अध्यादेश अस्वीकृत गर्न सूचना दिएको हो ।

सरकारले बजेटसम्बन्धी विभिन्न अध्यादेशका साथै, सपथसम्बन्धी अध्यादेश, नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, रेल्वे अध्यादेश, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, संवैधानिक परिषद सम्बन्धी अध्यादेश आदि राष्ट्रियसभामा पेस गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर