प्रधानमन्त्रीले भने : पर्सिदेखि खोप आउँछ, विपक्षीले अहिले नदेऊ भनेर लबिङ गर्दैछन् – Nepal Press

प्रधानमन्त्रीले भने : पर्सिदेखि खोप आउँछ, विपक्षीले अहिले नदेऊ भनेर लबिङ गर्दैछन्

काठमाडौं । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री केपी शर्मा ओलीले पर्सीदेखि चाहिनेजति कोभिड-१९ विरुद्धको खोप आइपुग्ने बताएका छन् ।

बालुवाटारमा जारी नेकपा एमालेको केन्द्रिय बैठकमा बोल्दै पार्टी अध्यक्ष समेत रहेका ओलीले उक्त जानकारी दिएका हुन् । ‘अब भ्याक्सिनको समस्या छैन । पर्सीदेखि चाहिने जति भ्याक्सिन आउँछ’ उनले भने ।

भारतबाट सम्झौताअनुसार दोस्रो डोज खोप नआउँदा समस्या भएको बताउँदै ओलीले केही दलका नेताहरुले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनु भनेर लबिङ गरिरहेको समेत बताए । विपक्षी दलका नेताहरुले देशलाई हिंसा र मुठभेडतर्फ लैजान खोजेको आरोप लगाउँदै ओलीले सोही कारण निषेधाज्ञा तोडेको समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर