नेतात्रयको छलफलले कांग्रेसजनलाई उत्साहित बनाएको छ : सिंह – Nepal Press

नेतात्रयको छलफलले कांग्रेसजनलाई उत्साहित बनाएको छ : सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला र आफूबीच भइरहेको निरन्तरको संवादले कांग्रेसमा उत्साह सञ्चार गरेको बताएका छन् ।

तीन जना नेताबीच आपसी सहकार्य गरेर कांग्रेस महाधिवेशनमा नेतृत्व लिने सन्दर्भमा भएको छलफलले महाधिवेशन र समग्र मुलुकको समस्याबारे उजागर गरेको सिंहले जनाएका छन् ।

एक विज्ञप्ति जारी गर्दै उनले तीन नेताबीचको छलफलबाट क्रियाशील सदस्यता विवादको समाधान विधिसम्मत ढंगले खोज्ने सहमति भएको भन्दै संवादको क्रम निरन्तर रहने जनाएका छन् ।

सोमबार आफ्नै निवासमा भएको बैठकले आजका लागि तय गरेको केन्द्रीय सदस्यहरूसँगको छलफल क्रियाशील सदस्यता छानबिन समिति र पार्टी पदाधिकारी बैठकका कारण स्थगित गरिएको जानकारी समेत सिंहले गराएका छन् ।

निर्धारित मितिभित्र महाधिवेशन सम्पन्न गराउनुको विकल्प नभएको भन्दै सिंहले आन्तरिक छलफलहरुलाई निरन्तरता दिइने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर