शुक्रबारदेखि नियमित भिसा सूचारु हुने, एकहप्तासम्म जरिवाना नलाग्ने – Nepal Press

शुक्रबारदेखि नियमित भिसा सूचारु हुने, एकहप्तासम्म जरिवाना नलाग्ने

काठमाडौं । अध्यागमन विभागले शुक्रबारबाट नियमित भिसा सेवा सुचारु गर्ने भएको छ । विभागले कोरोनाभाइसरको दोस्रो लहर फैलिएसँगै गत जेठ ५ गतेबाट आकस्मिक बाहेकका अन्य सेवाहरु स्थगित गरेको थियो ।

बिहीबारबाट आन्तरिक र अन्तराष्ट्रिय उडान नियमित भएसँगै भिषा सूचारु गरेको विभागको भनाइ छ । विभागका अनुसार असार २४ गतेसम्मका निःशुल्क भिसा नियमित गरिने छ ।

साथै, नेपालमा रहन चाहने विदेशीले भिसा नियमित गर्नका लागि विलम्ब शुल्क र जरिवाना नलिई भिसा नियमित गरिने पनि बताइएको छ । असार २४ गतेपछि भने भिस नियमित गर्न आउनेले भने भिसा शुल्क, विलम्ब शुल्क र जरिवाना पनि लाग्ने बताइएको छ ।

निषेधाज्ञा अघि पर्यटक भिसामा नेपालमा १५० दिनसम्म मात्र बस्न सकिने व्यवस्था रहेकोमा निषेधाज्ञाका कारण भिसा अवधि दिन बढाइएको छ । अहिले पर्यटकीय भिसामा २१० दिनसम्म बस्न सकिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर