दिनानाथको टिप्पणी- प्रधानमन्त्रीले संसद र संविधानको सर्वोच्चतालाई खिल्ली उडाए – Nepal Press

दिनानाथको टिप्पणी- प्रधानमन्त्रीले संसद र संविधानको सर्वोच्चतालाई खिल्ली उडाए

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले संसद र संविधानको सर्वोच्चतालाई प्रधानमन्त्रीले खिल्ली उडाएको आरोप लगाएका छन् ।

राष्ट्रियसभा बैठकमा नेता शर्माले प्रतिनिधिसभा विघटनप्रति लक्षित गर्दै प्रतिगमन सबैभन्दा ठूलो संकट भएको टिप्पणी गरे ।

‘के यो प्रणाली प्रधानमन्त्रीय प्रणाली हो ? राष्ट्रपतीय प्रणाली हो ? पक्कै पनि होइन । राष्ट्रपतिले अभ्यास गर्ने प्रणाली होइन र प्रधानमन्त्रीले पनि होइन । प्रधानमन्त्रीलाई त्यस्तो भ्रम छ’, शर्माले बताए ।

‘दुई- तिहाईको दम्भ गरेर पार्टीलाई पनि जोगाउन सकेनन् । जनप्रतिनिधिको संस्थालाई पनि जोगाउन सकेनन् । यसमा सबै जवाफदेही भए पनि जिम्मेवारी नेतृत्वले लिनुपर्छ’, शर्माको भनाइ थियो ।

अध्यादेशबाट शासन चलाउन खोज्नुले ‘महेन्द्रपथ’ आउने शर्माको टिप्पणी छ । उनले निर्दलीयताको अभ्यासमा देश चलाउन खोजिएको भन्दै अदालतले संविधानको रक्षा गरेकोमा आपत्ति जनाउन जरुरी नभएको बताएका छन् ।


प्रतिक्रिया

One thought on “दिनानाथको टिप्पणी- प्रधानमन्त्रीले संसद र संविधानको सर्वोच्चतालाई खिल्ली उडाए

  1. सहि विश्लेषण हो । अहंकार र दम्भले न पार्टी रहयो न संसद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर