युवा हत्यामा संलग्न आरोपमा तीनजना पक्राउ – Nepal Press

युवा हत्यामा संलग्न आरोपमा तीनजना पक्राउ

रुपन्देही । प्युठानको प्युठान नगरपालिका-१० कोटका २४ वर्षीय नगेन्द्र पुनलाई स्थानीय युवाहरुले दाउराले हानेर हत्या गरेका छन् ।

दिउँसो सँगै खाजा खाएका उनीहरुबीच आपसी विवादमा झगडा भएको प्रहरीले जनाएको छ । आक्रमणमा परी गम्भीर घाइते भएका २५ वर्षीय सुरेस बस्नेतको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले हत्या आरोपमा ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मल्लरानी गाउँपालिका-३ धनुबाँसका १८ वर्षीय रेमबहादुर घर्तीसहित प्युठान नगरपालिका-१० नेपानेका १७ र १५ वर्षका दुईजना छन् ।

असार १३ गते मृतक नरेन्द्र पुनसहित गम्भीर घाइते सुरेश बस्नेतले आफ्नो दिदीको गोठ बनाउने काम गएर घर फर्किने क्रममा नेपाने गाउँका युवाहरुसँग विवाद गरेको प्रहरीले बताएको छ । स्थानीय पसलमा मादक पदार्थ सेवन गरी घरतर्फ जाँदै गर्दा अभियुक्तहरुलाई अश्लिल शब्दले गाली गलौज गरेको भन्दै अभियुक्त ३ जना युवाहरूले बाटो कुरेर मृतक नरेन्द्र र सुरेसलाई दाउराले हानी आक्रमण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर