माधव नेपाललाई कर्ण थापाको सुझाव- बलियो एमाले बनाउन अब अलमल नगरौं
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2021/03/karna-thapa.jpg)
कैलाली । नेकपा एमाले सुदूरपश्चिमका नेता कर्ण थापाले माधव समूहलाई पार्टीमै रहन आग्रह गर्दै यसैमा हितकर हुने सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले बुधबारको बैठकले पार्टीभित्रको सबै तिक्तता हटाएको बताएका छन् ।
‘नेकपा एमालेको एकताको बारेमा धेरै चर्चापरिचर्चा भए, छलफल र बहसहरू भए । थुप्रै सर्तहरू राखिए र आधारहरू पनि तयार पारिए ’उनले लेखेका छन् ‘हिजोको बैठकले अहिलेसम्मका सबै छलफल र प्रयासहरूको निचोड निकालेको छ ।’
बुधबार महाधिवेशन आयोजक कमिटी भंग गरी एमालेले २०७५ जेठ २ अघिकै पदाधिकारीका हैसियतमा माधव नेपाल पक्षसहितको बैठक बोलाएको छ । सो बैठकलाई एमाले एकताको ‘डेडलाइन’ भनिएको छ ।
अब अलमल गर्न नहुने थापाको तर्क छ । उनले भनेका छन् , ‘नियतमा खोट छैन भने अब अलमल गर्नु वुद्धिमत्तापूर्ण हुँदैन । एमालेमा रहने, एमालेभित्रै स्वस्थ्यताका साथ सही मूल्य र मान्यताका लागि सङ्घर्ष गर्ने बाटो नै सुगम, सहज, देश, जनता र पार्टीको लागि हितकर हुनेछ । प्रतिशोध र पूर्वाग्रहलाई त्यागौँ । देश र जनताको लागि अझै बलियो नेकपा एमाले बनाउन अग्रसरता लिऔँ ।’
हिजो सम्म त माधव नेपाल र भिम रावल विनाको एमाले बन्छ भन्दै थियौ नि कमरेड आज कहाँवाट यस्तो कुबुद्धि आयो कित हिजो सम्म तपाइमा कुबुद्धि थियो। गठबन्धन हुँदा पनि प्रदेशसभामा हार्ने डरले समानुपातिक बसेको बिर्सेको छौ कि के हो? आफुलाई एमालेको सबैभन्दा बढी लोकप्रिय नेता ठान्छौ। आगामाी चुनावमा एमालेवाट टिकट लिई माओवादीको गठनबन्धन बिना जितेर देखाइदिन तपाइलाई चुनौति नेै होला। तपाइलाई तपाइकै वडा वडाध्यक्षले समेत वडाको चुनावमा समेत हराइदिने चेतावनी दिएका थिए।