क्रियाशील सदस्यताबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै – Nepal Press

क्रियाशील सदस्यताबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । विवादित क्रियाशील सदस्यता वितरणबारे छलफल गर्न नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दैछ । पूर्वपदाधिकारीसमेत सहभागी हुने बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ ।

पार्टी कार्यालय सानेपामा बोलाइएको बैठकमा सदस्यता वितरणसम्बन्धी नयाँ मापदण्ड बनाउने विषयमा छलफल हुने जनाइएको छ ।

कांग्रेस महाधिवेशन कार्यतालिकाअनुसार असार मसान्तभित्रै क्रियाशील सदस्यता टुंगिसक्नुपर्नेछ । तर, मापदण्डको अभाव र नेताहरुको स्वार्थ नमिलेका कारण सदस्यता वितरणमा विवाद छ ।

नेपाली कांग्रेसले भदौ १६ गतेदेखि महाधिवेशन गर्ने तालिका सार्वजनिक गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर