देउवाको आक्रोश : ओलीको धम्कीले को डराउँछ र ? – Nepal Press

देउवाको आक्रोश : ओलीको धम्कीले को डराउँछ र ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतलाई धम्की नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । विपक्षी गठबन्धनले नागरिक समाजका प्रतिनिधिसंग गरेको छलफलमा सभापति देउवाले ओलीले धम्क्याएर कोही नतर्सिने बताए ।

‘ओलीजीले धम्क्याउने र तर्साउने काम सुरु गर्नुभएको छ । उहाँसंग को डराउँछ र ? पञ्चायतसंग,राजासंग लडेको मान्छेहरु ओलीसंग कहाँ डराउँछ र ?’, देउवाले भने ।

संविधानको धारा ७६ (५) ले बहुमतको आधार प्रस्तुत गर्ने सांसद सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री बनाउनैपर्ने व्यवस्था रहेको भन्दै देउवाले बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपतिले प्रधानमन्त्री नबनाउनु गलत भएको बताए ।

‘दलको कार्यकर्ताजस्तो भएर राष्ट्रपतिले संविधान उल्लघंन गर्नुभएको छ । संसद विघटन नहोस् भनेर सांसदलाई दिएको अधिकार हनन गरिएको छ । आशा छ सर्वोच्च अदालतले संविधान बमोजिम न्याय दिनेछ’, देउवाले भने ।

अदालत र न्यायाधीशले प्रधानमन्त्रीको धम्कीबाट डराउनुपर्ने अवस्था नरहेको भन्दै देउवाले संविधानसम्मत निकास आउने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर