बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ – Nepal Press

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भक्तपुर । १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर कमलबिनायक बस्ने दोलखा वैतेश्वर गाउँपालिका-४ घर भएका ३२ वर्षीय बसन्त दमाईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बसन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर